We have translated information about the Essential Services Commission in Nepali.
Nepali
हाम्रो बारेमा
अत्यावश्यक सेवा आयोग (Essential Services Commission) भिक्टोरियाको स्वतन्त्र आर्थिक नियामक हो। हामी बिजुली, ग्यास र पानी जस्ता अत्यावश्यक सेवाहरूको मूल्य, गुणस्तर र विश्वसनीयताको सन्दर्भमा भिक्टोरियन उपभोक्ताहरूको दीर्घकालीन हितलाई प्रवर्द्धन गर्छौं।
हामी भिक्टोरियाको ऊर्जा, पानी र यातायात क्षेत्रहरूलाई नियमन गर्छौं र स्थानीय सरकारी क्षेत्रको लागि दर निर्धारण प्रणाली व्यवस्थापन गर्छौं।
हामी भिक्टोरियाबासीहरूलाई छुटमा ऊर्जा किफायती उत्पादन र सेवाहरूमा पहुँच प्रदान गरेर उनीहरूको ऊर्जा बिल र हरितगृह ग्यास उत्सर्जन घटाउन मद्दत गर्ने भिक्टोरियन ऊर्जा स्तरोन्नति (Victorian Energy Upgrades) कार्यक्रमलाई पनि नियमन गर्छौं
तपाईंलाई दोभाषे आवश्यक परे कृपया TIS National लाई १३१ ४५० मा सम्पर्क गर्नुहोस् र उनीहरूलाई १३०० ६६४ ९६९ मा अत्यावश्यक सेवा आयोग (Essential Services Commission) लाई फोन गर्न भन्नुहोस्। हाम्रो कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहन्छ।